पलेशालाई बागमती सरकारको सम्मान

सफल खबर संवाददाता

विहीबार, ०३ असोज २०८१, १३ : ४९
पलेशालाई बागमती सरकारको सम्मान

हेटौंडा।  बागमती प्रदेश सरकारले पेरिस पारा ओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्द्धनलाई १० लाख रुपैयाँसहित सम्मान गरेको छ । संविधान दिवसको उपलक्ष्यमा आज पलेशालाई हेटौँडा बजार परिक्रमा गराई औपचारिक समारोहकाबीच सम्मानित गरिएको हो । 

त्यस्तै १९ औं एसियाली खेलकुदमा करातेमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी एरिका गुरुङलाई ५ लाख रुपैयाँसहित सम्मानित गरिएको हो । पलेशाका प्रशिक्षक कविराज नेगीलाई २ लाख र नेपाल तेक्वान्दो संघ बागमती प्रदेश समितिलाई १ लाख रुपैयाँ प्रदान गरिएको हो । 

त्यस्तै एरिकाका प्रशिक्षक कुशल श्रेष्ठलाई १ लाख र नेपाल कराते महासंघ बागमती प्रदेश समितिलाई १ लाख रुपैयाँ प्रदान गरिएको हो । सम्मानित खेलाडी तथा प्रशिक्षक र संघका अध्यक्ष एवम् प्रतिनिधिहरूलाई मुख्यमन्त्री बहादुर सिंह लामा र युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले सम्मान पत्र हस्तान्तरण गरेका थिए । 

प्रतिक्रिया दिनुहोस