काठमाडौँ । क्यानडा भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र क्यानडा-नेपाल संसदीय मैत्री समूहका पदाधिकारीबीच भेटवार्ता भएको छ । समूहका अध्यक्ष तथा सांसद डा.सोनिया सिद्धुले परराष्ट्रमन्त्री डा.देउवालाई स्वागत गर्दै दुई देशका संसद् सदस्यहरूबीच अनुभव आदानप्रदान हुनुपर्नेमा जोड दिएकी छन् ।
ओटावास्थित नेपाली राजदूतावासका अनुसार क्यानडा–नेपाल संसदीय मैत्री समूह एकअर्काको लोकतान्त्रिक प्रक्रियाबाट अनुभव आदानप्रदान र सिक्ने एउटा महत्त्वपूर्ण मञ्चका रूपमा स्थापित भएको बताउँदै परराष्ट्रमन्त्री देउवाले दुई देशबीचको सम्बन्ध प्रवर्द्धनमा समूहले महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा त्यसप्रति आभार व्यक्त गरिन् ।
साथै उनले नेपालको सङ्घीय संसद्मा नेपाल–क्यानडा संसदीय मैत्री समूह गठनका बारेमा जानकारी दिँदै यस्ता समूहबाट दुई देशका संसद्बीच सहयोग आदानप्रदान र सहकार्यलाई प्रवर्द्धन गर्न बल पुग्ने विश्वास व्यक्त गरिन् ।
अध्यक्ष सिद्धुले क्यानडा र नेपालका सांसदहरुबीचको सहकार्यले दुवै मुलुकका सांसदबीचको मैत्रीपूर्ण सम्बन्धलाई प्रगाढ बनाएको बताइन् । उनले लैङ्गिक समानता र महिला तथा बालिकाको सशक्तीकरणमा संसद् र स्थानीय सरकारमा नेपाली महिलाको बढी प्रतिनिधित्वका साथै सार्वजनिक जीवनमा उनीहरूले गरेको योगदानको प्रशंसा गरिन् ।
त्यस अवसरमा क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्याल र दूतावासका अन्य अधिकारीहरू उपस्थित थिए । बुधबार नै परराष्ट्रमन्त्रीले राजदूतावासको भ्रमण गरेर नियोगका गतिविधिबारे जानकारी लिएको दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ०३ असोज २०८१, ११ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालको विकास र समृद्धिको आधार पर्यटन : परराष्ट्रमन्त्री
अब वैदेशिक ऋण अनुदान पहिलाभन्दा कम आउनेछ : परराष्ट्रमन्त्री देउवा
परराष्ट्रमन्त्री आरजु भारत हुँदा मल्दोभाका विदेशमन्त्री नेपालमा
भारतबाट १२ दिनपछि आज फर्किंदै परराष्ट्रमन्त्री आरजु राणा
परराष्ट्रमन्त्री विदेश घुमेको घुम्यै, मन्त्री भएको २४१ दिनमा झण्डै ६० दिन देशबाहिरै
महिलाविरुद्धका अवरोध तोड्न आवश्यक : परराष्ट्रमन्त्री राणा