काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राष्ट्रिय भेलामा बागमती प्रदेशको रिपोर्ट पेस भएको छ । प्रदेशसभापति डा अच्युतम लामिछानेले प्रदेशको समग्र रिपोर्ट पेस गरेका हुन् । मंगलबारदेखि नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको भेलामा उनले विभागलाई पूर्णता दिन निरन्तर प्रयास भइरहेको बताए ।
यस्तै ३७ नगर, १ उपमहानर र २ उपमहानगरमा संगठन गठन गरिएको जानकारी दिँदै लामिछानेले चितवनमा ७ हजार र काठमाडौंमा ५ हजार बढी सदस्यता वितरण भएको बताए ।
यस्तै उनले युवाहरूको सक्रिय सहभागिताका लागि क्रियाशील रहेको पनि सो क्रममा बताए । यस्तै उनले पार्टीको विधि विधानमा साथ र सहयोगको अपेक्षा रहेको उल्लेख गर्दै पार्टीभित्र युवराज सफल बन्न कोसिस नगर्न सुझाव दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ असोज २०८१, १२ : २०
लेखकबाट थप