उपसभामुख रानालाई जबरजस्ती पदबाट हटाउने प्रयास गरियो : बेलवासे

सफल खबर संवाददाता

आइतबार, ३० भदौ २०८१, १५ : ५८
उपसभामुख रानालाई जबरजस्ती पदबाट हटाउने प्रयास गरियो : बेलवासे

काठमाडौं । नेकपा माओवादी केन्द्रकी राष्ट्रिय सभाका सदस्य गंगाकुमारी बेलवासेले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने खोज्ने प्रयास उचित नभएको बताएकी छन्।

उपसभामुख रानाले आफूले केही गल्ती गरेको स्वीकार गरेपछि पनि सत्तारुढ काँग्रेस र एमालेले सो विषयलाई उचालेर जबरजस्त उहाँमाथि कारबाही गर्न खोज्नु आफूहरुका लागि मान्य नहुने उनको जिकिर थियो।

आइतबार राष्ट्रियसभा बैठकको शून्य समयमा सांसद बेलवासेले उपसभामुख रानाबाट भएको पत्राचारमा त्रुटि भए पनि त्यस अनुसारको काम नभएको पनि बताइन्। उनले भनिन्, ‘उपसभामुखले मैली केही त्रुटिवस गल्ती गर्न पुगे भनेर गल्ती स्वीकास गरिसक्नु भएको छ। मान्छेहरु गएका पनि होइनन्। मैले त्यो भन्दा बाहेक अरु गल्ती गरेको छैन। त्यसमा मलाई चित्त बुझेको छैन। त्यस्ता खालको विषय जबरजस्ती फेरि उठाउनु उचित होइन।’

सांसद बेलवासेले सत्तारुढ दलहरुले उपसभामुख रानामाथि खनिनुपर्ने कुनै कारण नरहेको पनि बताइन्।

 

प्रतिक्रिया दिनुहोस