काठमाडौँ उपत्यकामा ९ सय ५८ जनामा डेंगु सङ्क्रमण

सफल खबर संवाददाता

विहीबार, २७ भदौ २०८१, १६ : ४१
काठमाडौँ उपत्यकामा ९ सय ५८ जनामा डेंगु सङ्क्रमण

काठमाडौँ । काठमाडौँ उपत्यकामा डेंगु सङ्क्रमितको सङ्ख्या ९ सय ५८ पुगेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ललितपुरका १ सय ६६ जना, काठमाडौँ ६ सय ८७ जना र भक्तपुर १ सय ५ जनामा डेंगु सङ्क्रमण देखिएको हो ।

देशभर डेंगुबाट सङ्क्रमित सङ्ख्या ८ हजार १५९ पुगेको छ भने पाँच जानको मृत्यु भएको छ । सो सङ्ख्या माघको दोस्रो सातायता फैलिएको डेंगुबाट सङ्क्रमितको हो ।

ईडीसीडीका अनुसार ७७ मध्ये हुम्ला र मुस्ताङबाहेकका ७५ जिल्लामा डेंगु फैलिएको छ । सात प्रदेशमध्ये सबैभन्दा बढी डेंगु सङ्क्रमित गण्डकी प्रदेशमा छन् । देशभर फैलिएको सङ्क्रमित सङ्ख्यामध्ये ३ हजार ८६३ जना अर्थात् ४७.३ प्रतिशत सङ्क्रमित गण्डकीमा रहेका छन् ।

यस्तै, बागमती प्रदेशमा २ हजार ७४ जना डेंगु सङ्क्रमित छन् भने कोशीमा ९४४ जना, मधेसमा १४० जना सङ्क्रमित रहेका छन् । यस्तै, लुम्बिनी प्रदेशमा ५५६ जना, कर्णालीमा ११८ जना डेंगु सङ्क्रमित छन् । यस्तै, सुदूरपश्चिममा ४६४ जना डेंगु सङ्क्रमित रहेको ईडीसीडीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस