काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासनले निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने प्राबधानबारे सहमति जुटाउन संसदीय उपसमिति गठन गरेको छ । बिहीबार बसेको समिति बैठकमा यो विषयमा छलफल भएको थियो ।
गृहमन्त्री रमेश लेखकले निजी क्षेत्रमा प्रवेश गर्ने वा नगर्ने ? भन्नेमा प्रष्ट हुनुपर्ने बताए । प्रवेश गर्न नहुनेमा आम सहमति देखिए पनि सरकारी रकम गएको हकमा के गर्ने भन्ने विषयमा पनि प्रष्ट हुनुपर्ने बताए ।
समिति सभापति रामहरि खतिवडाले यी प्रश्नको जवाफ खोज्ने काम उपसमितिले गर्ने गरी निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने प्राबधानलाई थाती राखेर छलफल अगाडि बढाए । ‘अब यो विषयमा सब कमिटीले थप काम गर्नेगरी यो प्राबधान थाती राखेर अगाडि गर्यौं’, सभापति खतिवडाले भने ।
उपसमितिमा काङ्ग्रेसबाट हृदराम थानी, राप्रपाबाट बुद्धिमान तामाङ, एमालेबाट रघुजी पन्त, माओवादीबाट हितराज पाण्डे, जसपाबाट अशोक राई, एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे, रास्वपाबाट चन्दा कार्की र लोसपाबाट सर्वेन्द्रनाथ शुक्ल पनि उपसमिति सदस्य छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ भदौ २०८१, १२ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भ्रष्टाचार विधेयकको प्रतिवेदनबारे छलफल आह्वान
आज पाँच संसदीय समितिको बैठक बस्दै
विश्वविद्यालय टपरलाई सिधै निजामती सेवामा प्रवेश दिने प्रस्ताव
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै
अख्तियार ऐन संशोधन विधेयकबारे छलफल गर्न संसदीय उपसमिति गठन
रवि लामिछानेलाई थुनाबाहिर राखेर अनुसन्धान गरिओस् : सांसद कार्की