उपसभामुखबारे छलफल गर्न कांग्रेस बैठक बस्दै

सफल खबर संवाददाता

बुधबार, २६ भदौ २०८१, ०८ : १९
उपसभामुखबारे छलफल गर्न कांग्रेस बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभामुख इन्दिरा राना मगरको विषयमा छलफल गर्न पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका छन् ।

बुधबार बिहान साढे ८ बजे आफ्नै निवास बूढानीलकण्ठमा बस्ने गरी देउवाले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पछिल्लो समय कांग्रेस र एमालेले रास्वपाबाट उपसभामुख बनेकी इन्दिरा राना मगरलाई हटाउनेबारे छलफल गरेका छन् । 

केही व्यक्तिलाई अमेरिका लाने नाममा अनुचित कदम चालेको भन्दै राना विवादमा परेको भन्दै कांग्रेस र एमालेले राजीनामाको दबाब दिएका छन् । तर विपक्षी माओवादी केन्द्र, रास्वपा र राप्रपाले सरकारले संवैधानिक परिषद्‌मा आफ्नो पकड बढाउन रानालाई हटाउन खोजेको बताएका छन् ।
 

प्रतिक्रिया दिनुहोस