एजेन्सी । क्रिस्टियानो रोनाल्डोको निर्णायक गोलमा पोर्चुगलले युइएफए नेसन्स लिगमा स्कटल्याण्डलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा पोर्चुगलले स्कटल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो । १-० ले पछि परेको पोर्चुगलले खेलको दोस्रो हाफमा दुवै गोल गरेर जित हासिल गरेको थियो ।
पोर्चुगलको जितमा ब्रुनो फेर्नानडेज र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए । फेर्नानडेजले खेलको ५४औं र रोनाल्डोले खेलको ८८औँ मिनेटमा गोल गरेका थिए । त्यस्तै स्कटल्याण्डका लागि स्कट म्याकटोमिनीले गोल गरेका थिए ।
यो जितसँगै पोर्चुगलले युइएफए नेसन्स लिगमा लगातार दोस्रो जित हासिल गरेको छ र समुह एक मा ६ अंकसहित शीर्ष स्थानमा रहेको छ । त्यस्तै स्कटल्याण्डले भने लगातार दोस्रो हार बेहोरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ भदौ २०८१, ०८ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामाजिक सञ्जालमा रोनाल्डोका एक अर्ब फलोअर्स नाघे
क्रोसियामाथि पोर्चुगलको सहज जित, रोनाल्डोले पुरा गरे ९०० गोल
रोनाल्डो युइएफएको विशेष अवार्डबाट सम्मानित
अल नासरको जितमा रोनाल्डोको फ्री-किक गोल
बराबरीमा रोकियो रोनाल्डोको अल नासर
रोनाल्डोको सस्क्राइबर डेढ करोड नाघ्यो