सर्वोच्चद्वारा एआईजी ज्ञवाली र ३ डीआईजीपीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

सफल खबर संवाददाता

विहीबार, २० भदौ २०८१, १८ : ४८
सर्वोच्चद्वारा एआईजी ज्ञवाली र ३ डीआईजीपीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) श्यामलाल ज्ञवाली र ३ प्रहरी नायब महानिरीक्षक (डीआईजीपी)ले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

उमेर हदका कारण अवकाश नगर्न माग गर्दै एआईजीपी ज्ञवाली, डीआईजीपी केदार ढकाल, राजेशनाथ बास्तोला र यज्ञविनोद पोखरेलसहित ५ जनाले रिट दायर गरेकोमा सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

सर्वोच्च अदालतले उक्त मुद्दालाई अग्राधिकार प्रदान गरेको छ । प्रहरी अधिकृतले दर्जागत उमेरका कारण अवकाश रोक्न अन्तरिम आदेश माग गरेका थिए । प्रहरी नियमावली-२०७१ अनुसार प्रहरी निरीक्षक ५२ वर्ष र डीआईजीपी तथा एआईजीपी ५६ वर्ष उमेर पुरा भएमा अवकाशमा जान्छन् । एआईजीपी ज्ञवाली ५६ वर्षे उमेर हदका कारण भदौ २५ मा अनिवार्य अवकाशमा जाँदैछन् ।

डीआईजीपी बास्तोला, ढकाल र 

प्रतिक्रिया दिनुहोस