मेसी र रोनाल्डोबिना बालोन डि’ओरको अन्तिम ३० को मनोनयन

एजेन्सी

विहीबार, २० भदौ २०८१, ०८ : ५९
मेसी र रोनाल्डोबिना बालोन डि’ओरको अन्तिम ३० को मनोनयन

एजेन्सी । २१ वर्षपछि विश्व स्टार दुई खेलाडी मेसी र रोनाल्डो दुवै बिनाको अन्तिम ३० को बालोन डी’ओर अवार्डको मनोनयन सार्वजानिक गरिएको छ। सन् २००३ पछि पहिलो पटक अर्जेन्टिनी कप्तान लियोनल मेसी या पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोबिना अवार्डको प्रारम्भिक सूची सार्वजनिक भएको हो।

बुधबार राति सार्वजनिक नयाँ सूचीमा इङ्ल्यान्ड र स्पेनका समान ६-६ खेलाडी छन्। जहाँ रियल म्याड्रिडबाट च्याम्पियन्स लिग जितेका ७ खेलाडी मनोनयनमा अटाएका छन्। पाँच पटकका विजेता रोनाल्डो पछिल्लो पटक मनोनयनमा परेका थिए।

सन् २०२३ मा कीर्तिमानी आठौं पटक अवार्ड जितेका मेसी कोपा अमेरिका च्याम्पियन भएतापनि अन्तिम ३० मा अटाउन सकेनन्। मेसीले कीर्तिमानी १६ पटक मनोनयनमा परेर आठपटक यो अवाड हात पारेका छन्।

स्पेनको ६ खेलाडीमा १७ वर्षका बार्सिलोनाका विंगर लामिन यमल पनि समावेश छन्। त्यस्तै, निको विलियम, एलेजान्ड्रो ग्रिमाल्डो, डानी ओल्मो, रोड्रि, र डानी कार्भाजाल छन्।

रियाल मिड्रडरबाट सात खेलाडी छन्। जसमा केलियन एब्बाप्पे, जुड वेलिंघम र भिनिसियस जुनियर छन्। इङ्ल्यान्डबाट कप्तान ह्यारी केन, बुकायो साका, डिक्लेन राइस, कोल पाल्मर र फिल फोडनले स्थान बनाए।

महिलातर्फ पनि स्पेनबाट बार्सिलोनाका ऐटाना बोनमतीसँगै ६ खेलाडी समावेश छन्। बालोन डि ओरको अन्तिम विजेता अक्टोबर २८ पेरिसमा हुनेछ।

प्रतिक्रिया दिनुहोस