विद्यालय शिक्षा विधेयकलाई व्यवस्थित गर्न उपसमिति गठन हुने

सफल खबर संवाददाता

बुधबार, १९ भदौ २०८१, १६ : ३७
विद्यालय शिक्षा विधेयकलाई व्यवस्थित गर्न उपसमिति गठन हुने

काठमाडौँ । विद्यालय शिक्षा विधेयक, २०८० लाई व्यवस्थित गर्न उपसमिति गठन हुने भएको छ । बुधबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा समिति सभापति अम्मरबहादुर थापाले उपसमिति गठन गरी विधेयकलाई अझ व्यवस्थित बनाइने बताए ।

उनले असल शिक्षा बनाउनका लागि के–के मोडलमा जान सकिने हो ? समितिले पनि प्रस्ताव तयार पार्ने र सरकारको पनि धारणा सुनेर थप व्यवस्थित बनाउन उपसमिति वा समन्वय समिति बनाउने बताए। उनले उपसमिति भने आगामी बैठकबाट बनाइने पनि जानकारी दिए ।

उनले भने, ‘असल शिक्षा बनाउनका लागि केके मोडलमा जान सकिने हो ? हामी पनि प्रस्ताव गरौँ । सरकारको धारणा पनि यसमा संलग्न गरौँ । यसका लागि उपसमिति वा समन्वय समिति बनाएर पनि अघि बढौँ की भन्ने मेरो चाहना छ ।’

सभापति थापाले विधेयकको विषयमा छनोट गरेर कुन–कुन राख्दा विधेयक अझ राम्रो हुन्छ त्यसमा अघि बढ्नेगरी तयारी गर्न पनि आग्रह गरे । 

प्रतिक्रिया दिनुहोस