महासचिव विप्लव र क्युवाका कार्यवाहक राजदूत अवेल अवेलाबिच भेट

सफल खबर संवाददाता

बुधबार, १९ भदौ २०८१, १३ : ४६
महासचिव विप्लव र क्युवाका कार्यवाहक राजदूत अवेल अवेलाबिच भेट

काठमाडौँ । नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव)र नेपालका लागि क्युवाका कार्यवाहक राजदूत अवेल अवेलाबिच बुधवार बिहान भेटघाट भएको छ । भेटमा  महासचिव विप्लव र क्युबाका कार्यवाहक राजदूत अबेल अबेलाले साम्राज्यवादविरुद्ध क्युवाली जनताको सङ्घर्षप्रति बलियो ऐक्यबद्धता व्यक्त गरेका थिए ।

साथै भेट वार्तामा नेपाली क्रान्तिका लागि क्युबा र नेपालबिच महत्त्वपूर्ण समन्वय आवश्यक रहेको बताइएको थियो ।भेटमा क्युबाका शिक्षा, राजनीतिलाई नेपाली मौलिकतामा समन्वय गरेर अगाडि बढ्नु आवश्यक रहेको र त्यसमा आफूहरू सकारात्मक रहेको विप्लवले बताएको नेकपाका केन्द्रीय प्रचार विभाग सदस्य प्रकाश डुम्रेले बताए ।

भेटमा नेकपाका अन्तर्राष्ट्रिय विभाग सदस्य खगेश्वर केसी, नेकपाका केन्द्रीय सदस्य प्रकाश शाही लगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया दिनुहोस