काठमाडौँ । नेकपा एमालेको पोलिटब्युरो बैठक डेढ घण्टा पछि सरेको छ । ‘११ बजेलाई तय भएको बैठक साढे १२ बजेलाई सरेको छ’, सचिव योगेश भट्टराईले भने, ‘अध्यक्षको व्यस्तताले केही समय धकेलिएको हो ।
एमाले मुख्यालय च्यासलमा मङ्गलवार सुरु भएको बैठकमा महासचिव शङ्कर पोखरेलले प्रस्ताव गरेका एक बर्से कार्य योजनामाथि छलफल गरेर पारित गर्ने मुख्य एजेन्डा छ । प्रस्तावमाथि पोलिटब्युरो सदस्यलाई आफ्नो राय राख्न तीन मिनेटको समय छुट्ट्याइएको छ ।
त्यो भन्दा बढी धारणा राख्ने सदस्यहरूलाई लिखित रूपमा दिन एमालेले भनेको छ ।
निर्णायक ‘राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना’, नाम दिएको कार्ययोजनामा सङ्गठन विस्तारमा जोड दिँदै पार्टी सदस्यता नवीकरण, विस्तार तथा अभिलेखीकरणलाई एमालेले प्राथमिकतामा राखेको छ । त्यस्तै ०८४ मा हुने चुनावबाट एमालेलाई पहिलो र बलियो शक्ति बनाउने उद्देश्यका साथ गतिविधि गर्ने एमालेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ भदौ २०८१, १२ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विप्लव नेतृत्वको नेकपाको आजवाट पोलिटब्युरो बैठक