एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई मंगोलियामा भव्य स्वागत गरिएको छ । आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि कुनै पनि इन्टरनेसनल क्रिमिनल कोर्ट (आईसीसी) सदस्य राष्ट्रको पुटिनले भ्रमण गरेको यो पहिलो अवसर हो ।
युक्रेनका बालबालिकाहरूलाई गैरकानुनीरूपमा डिपोर्ट गरेको आरोपमा आईसीसीले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । भ्रमणअघि क्रेमलिनका एक प्रवक्ताले भ्रमणका दौरान पुटिन पक्राउ पर्ने कुनै चिन्ता नरहेको स्पष्ट पारेका थिए ।
मंगलबार राजधानी उलानबाटारमा मंगोलियाका नेताले भव्य समारोहबिच पुटिनलाई स्वागत गरेका थिए । जंगेज खाँ स्क्वेरमा उक्त कार्यक्रम आयोजना गरिएको थियो । समारोहपछि पुटिनले मंगोलियाका राष्ट्रपति उखनागलिन खुरेलसुखसँग भेटवार्ता गरे ।
उता, पुटिनको भ्रमणअघि युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले मंगोलियासँग पुटिनलाई पक्राउ गर्न आग्रह गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १९ भदौ २०८१, १० : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सी र पुटिनबीच भिडियो वार्ता
ट्रम्पले पुटिनलाई गोप्यरुपमा कोरोना टेस्ट किट पठाएको खुलासा
अमेरिकी राष्ट्रपतिमा पुटिनको समर्थन ह्यारिस
पुटिनलाई मङ्गोलियामा गिरफ्तार गर्न अन्तर्राष्ट्रिय फौजदारी अदालतको आदेश
अन्तर्राष्ट्रिय फौजदारी अदालतले भन्यो– पुटिनलाई मंगोलियामा गिरफ्तार गर्नुपर्छ
पुटिनलाई पक्राउ गर्न आग्रह