अरोमा कलेजका विद्यार्थीले ल्याए चिकित्सा शिक्षा स्नातक तहको प्रवेश परीक्षामा उत्कृष्ट नतिजा

सफल खबर संवाददाता

मंगलबार, १८ भदौ २०८१, ०६ : ५२
अरोमा कलेजका विद्यार्थीले ल्याए चिकित्सा शिक्षा स्नातक तहको प्रवेश परीक्षामा उत्कृष्ट नतिजा

चितवन । अरोमा कलेजमा अध्ययन गरेका विद्यार्थीहरुले २०८१ सालमा लिइएको चिकित्सा शिक्षा स्नातक तह अन्तरगतको एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्न सफल भएका छन् । 

ओपन क्याटोगोरीमा ९ जनाले पूर्ण छात्रवृत्तिमा नाम निकालेको कलेजले जनाएको छ । जसअनुसार सक्षम अधिकारी, आर्यन तिवारी, उत्सव पौडेल, विजय सापकोटा, सुजित कुमार यादव, विमर्श तिमल्सिना, सहज अधिकारी, निर्वान पौडेल र पुरुषोत्तम पौडेलले पूर्ण छात्रवृत्तिमा नाम निकालेका छन् । 

कलेजले नाम निकाल्न सफल सबै विद्यार्थिहरुलाई बधाई तथा शुभकामना दिँदै सो नतिजा ल्याउन अनवरतरुपमा प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा योगदान दिने सबैमा आभार प्रकट गरेको छ । 

भरतपुर १० चितवनमा रहेको अरोमा कलेजले काठमाडौँ उपत्यकाबाहिर १, देशभरमा ४ रंयाक पाएको छ । उपत्यका बाहिर यो कलेजले प्रत्येक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल हुँदै गएपछी अधिकांस विद्यार्थीको रोजाइ यो कलेज बन्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस