पुटिनलाई मङ्गोलियामा गिरफ्तार गर्न अन्तर्राष्ट्रिय फौजदारी अदालतको आदेश

सफल खबर संवाददाता

सोमबार, १७ भदौ २०८१, १३ : १६
पुटिनलाई मङ्गोलियामा गिरफ्तार गर्न अन्तर्राष्ट्रिय फौजदारी अदालतको आदेश

काठमाडौं । अन्तर्राष्ट्रिय फौजदारी अदालतले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अर्को साता मङ्गोलियाको भ्रमण गरेमा मङ्गोलियाली अधिकारीहरूले उनलाई पक्राउ गर्ने दायित्व रहेको बताएको छ।

पुटिनले अर्को हप्ता मंगलबार मङ्गोलियाको भ्रमण गर्न सक्नेछन्। पुटिनले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) को सदस्य राष्ट्रको भ्रमण गर्न लागेको यो पहिलो पटक हो ।

आईसीसीका प्रवक्ता डाक्टर फादी अल-अब्दल्लाहले शुक्रबार बीबीसीलाई भने – अदालत “आफ्नो आदेशको पालना गराउन” मंगोलिया लगायतका सदस्य राष्ट्रहरूमाथि निर्भर छ।” उनले आईसीसीका अन्य सदस्य राष्ट्रहरू जस्तै यसमा सहयोग गर्नु मङ्गोलियाको दायित्व भएको बताए ।

मार्च २०२३ मा, आईसीसीले पुटिनको गिरफ्तारीको लागि वारेन्ट जारी गरेको थियो। अदालतले युद्ध अपराधका लागि पुटिन जिम्मेवार रहेको र रुस–युक्रेन युद्ध सुरु भएपछि युक्रेनी बालबालिकालाई अवैध रूपमा रुस छोड्नबाट रोक्न नसकिएको जनाएको छ ।