काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेको भुम्लु गाउँपालिका–१० स्थित ५६ किलो भन्ने स्थानमा यात्रुवाहक बसले बिहीबार साँझ ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।
काठमाडौँबाट बाह्रबिसेतर्फ गइरहेको बा२ख ९०६४ नम्बरको बसले सडकमा हिँडिरहेकी महिलालाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् ।
सडक–बाटोमा मागी हिँड्ने ती महिलाको धुलिखेल अस्पतालमा उपचारका क्रममा चिकित्सकले गए राति मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार नाम, वतन नखुलेकी ती महिलालाई ठक्कर दिने बसचालक सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–८ का ५१ वर्षीय रामबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ भदौ २०८१, ०७ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अफगानिस्तानमा बस दुर्घटना हुँदा ५२ जनाको मृत्यु
बम विस्फोटमा रुसी आणविक सुरक्षा बलका प्रमुखको मृत्यु
जर्जियाको एक रेष्टुरेन्टमा निस्सासिएर १२ जनाको मृत्यु
आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी महिलाको मृत्यु
भक्तपुरमा मोटरसाइकलले ठक्कर दिँदा वृद्धको मृत्यु
ट्रिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु