एसियनले ल्यायो कोदोको बिस्कुट, दसैंतिहार अगाडि नै भारतीय बजारमा निर्यात गर्ने लक्ष्य

सफल खबर संवाददाता

विहीबार, १३ भदौ २०८१, ११ : २२
एसियनले ल्यायो कोदोको बिस्कुट, दसैंतिहार अगाडि नै भारतीय बजारमा निर्यात गर्ने लक्ष्य

काठमाडौं। विराटनगरको एसियन बिस्कुट इन्डस्ट्रिजले कोदोको पिठोबाट बिस्कुट उत्पादन शुरू गरेर बजारीकरण गर्न थालेको छ । इन्डस्ट्रिजले नेपालमा कर्पोरेट लेभलबाट पहिलो पटक कोदोको बिस्कुट उत्पादन शुरू गरेको हो ।

केही समययता पश्चिम नेपालमा घरेलु र लघु उद्योगका स्तरमा स्थानीय उत्पादनका रूपमा यस्तो बिस्कुटको उत्पादन भइरहेको छ ।तर, एसियनले एकैचोटि देशभरि नै बजारीकरण र निर्यात समेत गर्ने उद्देश्यले अटोमेटिक मेसिनबाट ठूलो परिमाणमा कोदोको बिस्कुटको उत्पादन हुन थालेको जनाएको छ।

 

 

 

उद्योगले नेपालका कच्चा पदार्थको प्रवर्द्धन र मानव स्वास्थ्यलाई दृष्टिगत गर्दै कोदोको पिठोबाट बिस्कुटको उत्पादन शुरू गरेको उद्योगका संचालक आशिष जाजलूले बताए । बिस्कुटको मुख्य कच्चा पदार्थ नेपालकै पहाडी क्षेत्रको उत्पादन कोदो भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस