४७० जना डेंगु सङ्क्रमित थपिए

सफल खबर संवाददाता

विहीबार, १३ भदौ २०८१, १० : ४१
४७० जना डेंगु सङ्क्रमित थपिए

काठमाडौँ । देशभर पछिल्लो पटक ४७० जना डेंगु सङ्क्रमित थपिएका छन् । देशभर २३ अगस्टसम्म ५ हजार ११९ जनामा डेंगु सङ्क्रमण भएकोमा ४७० जना थपिएर अगस्ट २७ सम्ममा ५ हजार ५८९ जना सङ्क्रमित भएका हुन् । यो तथ्याङ्क गत मध्ये माघयताको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार देशभर ७७ मध्ये हुम्ला र मुस्ताङ बाहेक ७५ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । माघ महिनायता डेंगु सङ्क्रमणबाट ३ जनाको मृत्यु भएको छ ।

यस्तै, तनहुँ र कास्कीमा ५ सय बढी डेंगु सङ्क्रमित फैलिएको छ । तनहुँमा १ हजार ६७ जना र कास्कीका ५३६ जनामा डेंगु सङ्क्रमण भएको छ । मृत्यु भएका डेंगु सङ्क्रमितलाई अन्य रोग पनि लागेको ईडीसीडीले उल्लेख गरेको छ ।

डेंगु एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । डेंगु भाइरसबाट सङ्क्रमित लामखुट्टेको टोकाइले सर्दछ । यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने चिकित्सक बताउँछन् । एडिस जातको लामखुट्टेले सङ्क्रमित व्यक्तिबाट अर्को व्यक्तिमा डेंगु सार्ने गर्दछ ।

डेंगुबाट जोगिन लामखुट्टेको टोकाइबाट जोगिनु उत्तम हुने चिकित्सकले सुझाएका छन् । लामखुट्टेको टोकाइबाट जोगिने उपाय नै अपनाउनु पर्ने चिकित्सक सुझाउ छन् ।

प्रतिक्रिया दिनुहोस