काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको बैठक बिहीबार बस्दैछ ।
पार्टीको केन्द्रीय संरचना निर्माण र विविध विषयमा छलफल गर्न केन्द्रीय नवनिर्वाचित पदाधिकारीसहितको बैठक बिहान ११ बजेका लागि बोलाएको उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए ।
नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्ने बैठकमा नेताहरूको योगदान, कार्यक्षमताका आधारमा स्थायी समिति, सचिवालय गठनलगायत विषयमा छलफल गरी केही नेताहरुको जिम्मेवारी हेरफेर गरिने उनले बताए ।
पार्टीमा तीन सय ४४ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था गरिएको छ । केन्द्रीय कमिटी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ ।
केन्द्रीय पदाधिकारीमा निर्वाचित हुन नसकेका नेतालाई व्यवस्थापन गर्ने, केही नेताहरुलाई विभाग तथा आयोगमा समेट्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ भदौ २०८१, ०८ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकीकृत समाजवादीले देशभर कार्यक्रम गरेर पार्टी स्थापना दिवस मनाउने
एकीकृत समाजवादीले संशोधन गर्यो आन्दोलनको कार्यतालिका (पत्रसहित)
चैत २५ भित्र देशभर भण्डाफोर गर्ने एकीकृत समाजवादीको निर्णय
एकीकृत समाजवादीको पत्रकार सम्मेलन गर्दै
एकीकृत समाजवादीको कार्यालयमा तोडफोड
महायज्ञ लगाउन दलित परिवारको उठिबास लगाउनेमाथि कारवाही गर्न माग