काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले नेताविरुद्ध नाराबाजी गरेकै भरमा युवामाथि धरपकड शुरू गरिएको भन्दै आपत्ति जनाएका छन् ।
बुधवार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद ढकालले नेतालाई गाली गरेकै भरमा युवालाई पक्राउ गर्ने रवैया नदेखाउन सरकारलाई चेतावनी दिएका हुन् ।
‘गौरा पर्वको अवसरमा नेतालाई गाली गरेको भन्दै अराजक बहाना लगाएर हिजोबाट युवालाई हिरासतमा राख्न थालिएको छ । स्वदेशमा अवसरबाट वञ्चित बनाइएका ती युवाले सिंहदरबारका बेइमानलाई खबरदारी गर्दा पक्राउ गर्न पाइँदैन’ ढकालले भने, ‘जिल्लामा स्टाटस लेखेकै भरमा पक्राउ गरिएको छ ।
यो कमिलाको उड्ने बेलामा प्वाख पलाएजस्तो नहोस् ।’ प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध सोमवार नाराबाजी गरेको आरोपमा दुईजना पक्राउ परेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ भदौ २०८१, १३ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बिजुलीको बक्यौता उठाउन पनि प्रधानमन्त्रीलाई निर्देशन दिनुस् : सांसद ढकाल