काठमाडौं । एकीकृत समाजवादीको १८ जना पदाधिकारीका लागि भएको मतदानको गणना सम्पन्न भएको छ ।
अन्तिम परिणामअनुसार महिला उपाध्यक्षमा जयन्ती देवी राई निर्वाचित भएकी छिन् । उनले रामकुमारी झाँक्रीलाई हराएकी हुन् ।
यस्तै, मधेसी उपाध्यक्षमा धर्मनाथ प्रसाद शाह, खुल्ला उपाध्यक्षमा डा. गंगालाल तुलाधर, जग्गनाथ खतिवडा , भानुभक्त जोशी र प्रकाश ज्वाला विजयी भएका छन् ।
यस्तै, उपमहासचिवमा खुलातर्फ गरिमा शाह, राजेन्द्र राई, रामकुमार भट्टराई, मेटमणि चौधरी निर्वाचित भए ।
यसैगरी सचिवमा गणेश बिक, बलदेब चौधरी, श्रीनाथ बराल, साबित्रा भुषाल, शेर बहादुर कुंवर, सोम प्रसाद पाण्डे, चन्द्र बहादुर शाही विजयी भएका छन् ।
वरिष्ठ उपाध्यक्षमा भने राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ भदौ २०८१, ०७ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकीकृत समाजवादीले देशभर कार्यक्रम गरेर पार्टी स्थापना दिवस मनाउने
एकीकृत समाजवादीले संशोधन गर्यो आन्दोलनको कार्यतालिका (पत्रसहित)
चैत २५ भित्र देशभर भण्डाफोर गर्ने एकीकृत समाजवादीको निर्णय
एकीकृत समाजवादीको पत्रकार सम्मेलन गर्दै
एकीकृत समाजवादीको कार्यालयमा तोडफोड
महायज्ञ लगाउन दलित परिवारको उठिबास लगाउनेमाथि कारवाही गर्न माग