काठमाडौं। नेकपा (एकीकृत समाजवादी)को वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे सर्वसम्मत चयन भएका छन् । निर्वाचनको तयारी गरिए पनि घनेन्द्र बस्नेतले उम्मेदवारी फिर्ता लिएपछि पाण्डे मंगलवार सर्वसम्मत चुनिएका हुन् ।
आइतवारदेखि काठमाडौंमा शुरू भएकाे एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले पाण्डेलाई वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत चुनेको हो ।उनी यसअघि पार्टीका उपाध्यक्ष थिए । पाण्डे प्रतिनिधिसभामा एकीकृत समाजवादीका संसदीय दलको उपनेतासमेत हुन् ।
मंगलवार नै एकीकृत समाजवादीमा सात उपाध्यक्ष, चार उपमहासचिव र सात सचिवका लागि निर्वाचन हुँदैछ। अध्यक्ष, महासचिव र सम्मानित नेता भने यसअघि नै पार्टी महाधिवेशनबाट चुनिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ भदौ २०८१, १६ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले बाहेकका पार्टीले देश चलाउन सक्दैनन् : ईश्वर पोखरेल