काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक फेरि सरेको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रस्तावमा सहमति जुट्न समस्या भएपछि कांग्रेसको बैठक बुधवारबाट आगामी भदौ १६ गते आइतवार बस्ने गरी सारिएको हो ।
यसअघि साउन २३ देखि २८ गतेसम्म बैठक चलेको थियो । तर केही दिन रोकेर गत शुक्रवार बैठक डाकियो । सो बैठकले पनि महासमितिका प्रस्तावमा सहमति जुटाउन सकेन । यसैले बैठक १२ गतेका लागि सारिएको थियो ।
तर प्रस्तावमा सहमति जुट्ने स्थिति नआएपछि कांग्रेसले यो बैठक पनि झण्डै एक साता पछिलाई सारेको छ । महामन्त्री थापाको १५ औं महाधिवेशन, चुनावी गठबन्धन र विश्वप्रकाश शर्माको 'नेताहरूको बहिर्गमन' प्रस्तावको विषयले पार्टीमा विवाद हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ भदौ २०८१, १५ : ०९
लेखकबाट थप