प्रधानमन्त्री ओली र ओमनका विदेशमन्त्री अल्बुसाइदीबिच भेटवार्ता

सफल खबर संवाददाता

मंगलबार, ११ भदौ २०८१, १४ : ५९
प्रधानमन्त्री ओली र ओमनका विदेशमन्त्री अल्बुसाइदीबिच भेटवार्ता

काठमाडौँ । ओमानका विदेशमन्त्री शैयद बदर बिन हमद बीन हमुद अल्बुसाईदीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको निमन्त्रणामा सोमबार दुई दिने भ्रमणका लागि नेपाल आएका विदेशमन्त्री अल्बुसाइदीले मंगलबार प्रधानमन्त्री ओलीसँगको भेटमा दुई देशबिचको आपसी सम्बन्धको बारेमा छलफल गरेका छन् ।

विदेशमन्त्री अल्बुसाइदीले दुई देशबिचमा भएको विभिन्न सहमति तथा  सम्झौतालाई कार्यान्वयनमा जोड दिएका छन् ।दुई देशबिचको सम्बन्धलाई बलियो बनाउन दुवै देशले भूमिका खेल्नु पर्ने विषयमा छलफल भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

विदेशमन्त्री अल्बुसाइदीले आजै राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर ओमन फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस