अहिलेको सरकारले फलानोलाई फसाऊ भनेर तपाईँहरूलाई आदेश दिँदैन : प्रधानमन्त्री ओली

सफल खबर संवाददाता

सोमबार, १० भदौ २०८१, १२ : १७
अहिलेको सरकारले फलानोलाई फसाऊ भनेर तपाईँहरूलाई आदेश दिँदैन : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार कुनै पनि अनुचित गतिविधिको प्रभावमा नपर्ने प्रष्ट पारेका छन्।

काठमाडौँ प्रहरी परिसरको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सरकार कानून अनुसार चल्ने बताए।

उनले भने, ‘ तपाईँहरू ढुक्क भएर काम गर्नुस् अहिलेको सरकारले फलानोलाई फसाऊ भनेर तपाईँहरूलाई निर्देशन दिँदैन । निर्दोषलाई फसाऊ भन्दैन । निर्दोष मान्छे फसाउनु राज्य शक्तिको दुरुपयोग गरेर निर्दोषलाई दोषी करार गर्ने जस्ता क्रियाकलाप आपराधिक हुन्। कसै निर्दोषलाई दोषी करार गर्ने काम सरकारबाट हुँदैन।’

ओलीले प्रहरीलाई अपराध हुनै नदिने कुरामा ध्यान दिन निर्देशन दिए ।

प्रधानमन्त्री ओलीले थपे, ‘अहिलेको सरकार एउटाको ठाउँमा अर्को बन्यो, एउटा समीकरणको ठाउँमा अर्को बन्यो भन्ने होइन । ठिक प्रवृत्तिलाई अगाडि बढाउने संकल्पको साथ यो सरकार बनेको छ । तपाईँहरू संविधान र कानूनअनुसार चल्नुस् । अहिलेको सरकारले फलानो अपराधी हो तर नसमाऊ भनेर आदेश दिँदैन । अहिलेको सरकारले फलानोलाई फसाऊ भनेर आदेश दिँदैन ढुक्कले काम गर्नुस् ।’

उनले आफूहरू राष्ट्रको सेवक भएकाले अहिलेको सरकार भात रोटी खान्छ तर घुस नखाने बताए।

उनले भने, ‘प्रहरी कहिले कहिले करुणामा मात्रै चलेर हुँदैन। यसो हेर्‍यो राम्रो लाग्छ। अपराध छ र त्यसलाई छाडिदियो भने धेरैले दुख पाउँछन्। त्यसैले त्यसलाई नियन्त्रणमा लिएर कारबाही गर्नुपर्‍यो नि।’

प्रतिक्रिया दिनुहोस