काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को पदाधिकारी चयन निर्वाचनबाटै हुने भएको छ । महाधिवेशन भएको दुई महिना पुग्नै लाग्दासमेत विधानअनुसार पदाधिकारी चयन हुन सकेका छैनन् ।
आइतबारदेखि पार्टीको केन्द्रीय कमिटीको बैठक काठमाडौंको बानेश्वरमा सुरु भएको छ । बैठकले समीक्षा, कार्ययोजनासहित पदाधिकारी चयन गर्ने बताइएको छ ।
केन्द्रीय सदस्य दिलु पन्तले बैठकबाट सर्वसम्मतिमै पदाधिकारी चयन गर्ने ’मा छलफल जारी रहेको बताइन् । सर्वसम्मतबाट पदाधिकारी चयन हुन नसके लोकतान्त्रिक प्रक्रियानुसार केन्द्रीय कमिटीबाट निर्वाचनबाटै पदाधिकारी चयन हुने उनले बताइन् ।
‘पदाधिकारीका लागि आकांक्षीको संख्या बढी नै रहेको छ, शीर्ष नेताहरूले सर्वसम्मतिबाटै टुंगो लगाउने गृहकार्य गरिराख्नुभएको छ,’ पन्तले भनिन्, ‘सर्वसम्मतिबाट हुन नसकेको अवस्थामा केन्द्रीय कमिटीबाट लोकतान्त्रिक प्रक्रियानुसार निर्वाचन गरेरै पदाधिकारी चयन गरिन्छ ।’ राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० भदौ २०८१, ०८ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उथलपुथलको सम्भावना छ, विपक्षीहरू एक बनौँ : माधव नेपाल
एकीकृत समाजवादी गण्डकी प्रदेशको प्रथम अधिवेशन पोखरामा
एकीकृत समाजवादीको कार्यविभाजन : यी हुन् सात प्रदेशका इन्चार्ज र सहइन्चार्ज
एकीकृत समाजवादीमा पाँच सदस्यीय केन्द्रीय कार्यालय गठन
नेकपा एकीकृत समाजवादीको बैठक आज सकिँदै
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै