ओमानका विदेशमन्त्री नेपाल आउँदै

सफल खबर संवाददाता

आइतबार, ०९ भदौ २०८१, १६ : ५३
ओमानका विदेशमन्त्री नेपाल आउँदै

काठमाडौँ । ओमानका विदेशमन्त्री सैयद बद्र बिन हमाद बिन अल बुसैदी नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्रमन्त्री आरजु राणा देउवाको निमन्त्रणमा उनी सोमबार नेपाल भ्रमणमा आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको हो ।

दुई दिने भ्रमणमा नेपाल आउन लागेका मन्त्री अल बुसैदीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलगायत उच्च नेपाली प्रतिनिधिसँग भेटघाट गर्ने बताइएको छ ।

दुई परराष्ट्रमन्त्री बिच द्विपक्षीय भेटवार्ताका साथै नेपाल–ओमान बिचको सम्बन्धलाई अझ बलियो बनाउन विभिन्न विषयमा दुई पक्षीय छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री अल बुसैदी भदौं ११ गते स्वदेश फर्किने कार्यक्रम रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस