जलेश्वर । महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादवको सवारी दुर्घटनामा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष यादवको मोटरसाइकल दुर्घटनामा आज बिहान मृत्यु भएको हो ।
जलेश्वर–बर्दिबास सडकअन्तर्गत बर्दिबास नगरपालिका–८ स्थित कल्भर्टमा वडाध्यक्ष यादव चढेको लु प्र ०१–००१प ६३६२ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।
वडाध्यक्ष यादवको शव कल्भर्टसँगै भेटिएको हो । वडाध्यक्ष यादव नेपाल कम्प्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट निर्वाचित भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ भदौ २०८१, १० : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
छुट्टाछुट्टै स्थानमा डुबेर दुई जनाको मृत्यु
चीनमा चक्कु प्रहारबाट १० वर्षीय बालकको मृत्यु
राउटे समुदायका एक युवकको मृत्यु, १३४ मा झर्यो जनसङ्ख्या
पेजर–वाकी टकी विस्फोटमा लेबनानमा अहिलेसम्म ३२ जनाको मृत्यु
लेबनानमा वाकिटकी आक्रमणमा २० जनाको मृत्यु
बाढी र पहिरोका कारण म्यानमारमा २०० भन्दा धेरैको मृत्यु