बुटवल। उपभोक्तालाई १५ देखि ५० प्रतिशत छुट दिने योजनासहित बुटवलमा दोस्रो जुत्ता मेला हुने भएको छ ।स्वदेशी जुत्ता चप्पल मात्र बिक्री गर्ने गरी नेपाली जुत्ता घरले आइतबारदेखि बुटवलको डेल्टा कम्प्लेक्समा मेला गर्न लागेको हो ।
नेपाली लुगा घरका सञ्चालक तथा मेलाका संयोजक प्रकाश भुसालले नेपालीहरूको प्रमुख चाडपर्वलाई लक्षित गरी स्वदेशी उत्पादन प्रवर्द्धन र बजार विस्तार गर्न मेला गर्न लागिएको जानकारी दिए ।राम्रो बजार कमाएका स्वदेशी कम्पनी र ब्रान्डका ८ उद्योगका ३० भन्दा धेरै ब्रान्ड र ३ हजार बढी डिजाइन मेलामा रहनेछन् ।
४० भन्दा बढी स्टल रहने मेलामा २५ देखि ३० हजार जोर जुत्ता बिक्री गर्ने आयोजकको लक्ष्य छ ।मेलामा शुरूमा आउने एक हजार ग्राहकले एकजोर मोजा निःशुल्क पाउनेछन् । मेलामा ५ करोडको कारोबार हुने भुसालको भनाइ छ ।
नेपाली फुटवयरजन्य सामान नेपाली उपभोक्ताहरूको मागको ६५ प्रतिशत योगदान नेपाली उत्पादनबाट भइरहेको फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालका वरिष्ठ उपाध्यक्ष सुरज बञ्जाडेले बताए ।
नेपालमा वार्षिक १० करोड जोर जुत्ता खपत हुने गरेको भन्दै उनले अहिले नेपालमा ६ करोड जोर वार्षिक रूपमा जुत्ता उत्पादन हुने गरेको बताए ।उनले अब नेपाली जुत्ता उत्पादक र कच्चा पदार्थ उत्पादकहरूले उत्पादन र निर्यातमा जोड दिन आवश्यक रहेको बताए । गत असार ६ गते विद्युत् सर्ट भएर डेल्टा कम्प्लेक्समा आगलागी भएर नष्ट भएपछि पुन स्थापित हुने बाटोमा छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ भदौ २०८१, १३ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बुटवलको जुत्ता मेलामा स्थानीय व्यवसायीको अवरोध