बराबरीमा रोकियो रोनाल्डोको अल नासर

सफल खबर संवाददाता

शुक्रबार, ०७ भदौ २०८१, ०७ : ४५
बराबरीमा रोकियो रोनाल्डोको अल नासर

काठमाडौँ । साउदी प्रो लिगको नयाँ सिजन शुरु भएको छ ।

गएराती सम्पन्न साउदी लिगको खेलमा अल नासर बराबरीमा रोकिएको छ । अल नासरलाई अल राएदले १-१ गोलको बराबरीमा रोकेको हो ।

अल नासरका लागि क्रिस्टियानो रोनाल्डोले खेलको ३४औं मिनेटमा गोल गर्दै शुरुवाती अग्रता दिलाएपनि सो अग्रता जोगाउन नसक्दा अंक बाड्नु परेको थियो । अल राएदका लागि मोहमद फौजैरले खेलको ४९औं मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए ।

यो खेलपछि दुवै क्लबले एक एक अंक हासिल गरेका छन् ।  

प्रतिक्रिया दिनुहोस