किस्ट अस्पतालमा युवती मृत्युबारे छानबिन गर्न सांसदको माग

सफल खबर संवाददाता

विहीबार, ०६ भदौ २०८१, १३ : ५४
किस्ट अस्पतालमा युवती मृत्युबारे छानबिन गर्न सांसदको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले ललितपुरको ग्वार्कोस्थित किस्ट शिक्षण अस्पतालमा मृत्यु भएकी महिलाको शव ११ दिनदेखि नउठाइएको भन्दै सरकारको ध्यानाकर्षण गरेका छन् ।

बिहीबार प्रतिनिधि सभाको आकस्म्कि समयमा उनले बर्दियाको ठाकुरबाबा नगरपालिका–८ की २७ वर्षकी महिलाको अपरेशनपछि मृत्यु भएको बताए । २१ साउनमा अस्पताल भर्ना भएकी उनको अपरेशन गर्दा अत्यधिक रक्तश्राब भएपछि रगत दिइएको थियो । त्यसपछि पुनः अपरेशन गरेको उनलाई अस्पतालले २६ साउनमा मृत घोषणा गरेको थियो ।

‘…२६ गते फेरि २० प्वाइन्ट ब्लड मागिन्छ । २६ गते साँझ उनलाई मृत डिक्लियर गरिन्छ । २६ गतेदेखि आजसम्म त्यो बहिनीको लास अस्पतालमा छ । गम्भीर लापरबाही छ । अस्पताल प्रशासनको गम्भीर लापरबाही छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस