अर्घाखाँचीमा पहिरोले गोठ पुरिँदा एक जनाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, ०४ भदौ २०८१, १५ : २७
अर्घाखाँचीमा पहिरोले गोठ पुरिँदा एक जनाको मृत्यु

बुटवल । अर्घाखाँचीको शितगंगा नगरपालिकामा पहिरोले गोठ पुरिँदा एक जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण शितगंगा नगरपालिका –१३ मा गोठमाथिबाट खसेको पहिरोले पुरिँदा ३५ वर्षीय विष्णु थापाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डीएसपी प्रतीक सिंह राठोरका अनुसार गोठमा रहेका बाख्रा फुकाउन गएका थापाको माथिबाट खसेको ढिस्काले पुरिएर मृत्यु  भएको छ ।