काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र परराष्ट्रमन्त्री आरजु राणा देउवाबीच सोमबार भेटवार्ता भएको छ । नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा साँझ मोदी र राणाबीच भेटवार्ता भएको हो ।
भेटवार्तापछि राणाले मोदीसँग नेपाल- भारत सम्बन्ध र यसको बहुआयामिक विविधताका विषयमा कुराकानी भएको जानकारी दिइन् ।
नेपालको परराष्ट्रमन्त्रीका रुपमा आफ्नो भारत भ्रमण र उच्चस्तरीय भेटवार्ताबाट दुई देशबीचको ऐतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा लिएको राणाले बताइन् ।
भेटवार्ताका क्रममा उनले मोदीलाई नेपाल भ्रमणको निम्तापत्र हस्तान्तरण गरेकी हुन् । सोमबार नै राणाले भारतीय विदेशमन्त्री एस जयशंकरसँग पनि भेटवार्ता गरेकी थिइन् । उनी आइतबार भारत भ्रमणमा गएकी हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ भदौ २०८१, ०७ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालको विकास र समृद्धिको आधार पर्यटन : परराष्ट्रमन्त्री
अब वैदेशिक ऋण अनुदान पहिलाभन्दा कम आउनेछ : परराष्ट्रमन्त्री देउवा
परराष्ट्रमन्त्री आरजु भारत हुँदा मल्दोभाका विदेशमन्त्री नेपालमा
भारतबाट १२ दिनपछि आज फर्किंदै परराष्ट्रमन्त्री आरजु राणा
परराष्ट्रमन्त्री विदेश घुमेको घुम्यै, मन्त्री भएको २४१ दिनमा झण्डै ६० दिन देशबाहिरै
महिलाविरुद्धका अवरोध तोड्न आवश्यक : परराष्ट्रमन्त्री राणा