बुटवल। नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा मुख्यमन्त्री चेतनारायण आचार्य चयन भएका छन् । शनिबार बुटवलमा बसेको एमाले संसदीय दलको बैठकले आचार्यलाई दलको नेता चयन गरेको हो ।
एमाले लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले दलका नेता तथा पूर्व मुख्यमन्त्री लीला गिरीले दिएको राजीनामा स्वीकृत भएको जानकारी गराएपछि मुख्यमन्त्री आचार्यलाई दलको नेता चयन गरिएको हो । दलको नेतालाई रोकेर उपनेता आचार्यलाई पार्टीले मुख्यमन्त्रीमा अघि सारेपछि नेता गिरीले राजीनामा दिएका थिए ।
त्यस्तै उपनेतामा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ चयन भएका छन् ।त्यस्तै प्रमुख सचेतकमा रुपन्देहीका तुलसी चौधरी र सचेतकमा रोल्पाकी यमुना रोकालाई चयन गरिएको छ ।शनिबारको संसदीय दलको बैठकमा गिरी उपस्थित थिएनन् ।
एमाले प्रमुख सचेतक चौधरीका अनुसार बैठकमा २५ जनाभन्दा बढी सांसदहरूको सहभागिता रहेको थियो ।लुम्बिनीमा एमाले २९ सांसद छन् । प्रदेशसभामा एमाले पहिलो दल हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ भदौ २०८१, १६ : २२
लेखकबाट थप