दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, ०१ भदौ २०८१, १० : २९
दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

दाङ । दाङको दंगीशरण गाउँपालिका-५ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। ​स्थानीय २५ वर्षीय सम्राट गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रबार राति करिब १० बजेतिर तुलसीपुरबाट पश्चिम जाँदै गरेको लु प्र ०२-००१ प ०९४६ नम्बरको मोटरसाइकल रोकिराखेको रा १ त १४२२ नम्बरको ट्र्याक्टरमा ठोक्किँदा चालक गिरी घाइते भएका थिए ।

उनलाई उपचारका लागि तत्काल राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याइएको थियो । उपचारका क्रममा करिब राति ११ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीले ट्याक्टर चालक बबई गाउँपालिका ७ बस्ने २९ वर्षीय इन्द्रबहादुर डाँगीलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ ।