प्रधानमन्त्री रोजगार कार्यक्रमको सबै जिम्मा स्थानीय सरकारलाई

पत्रपत्रिकाबाट

विहीबार, ३१ साउन २०८१, ०७ : ४५
प्रधानमन्त्री रोजगार कार्यक्रमको सबै जिम्मा स्थानीय सरकारलाई

काठमाडौ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको पुनर्संरचना गरी चालु आर्थिक वर्षदेखि स्थानीयकरण गरेको छ ।

हालसम्म कार्यक्रमहरू स्थानीय निकायले कार्यान्वयन गर्ने तर मोडालिटी भने सङ्घीय सरकारले तय गर्ने गरिएकोमा अब मोडालिटी पनि स्थानीय निकायले नै तय गर्ने छन् । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत प्रधानमन्त्री रोजगार कार्यक्रमका राष्ट्रिय निर्देशक दीपकराज नेपालले अबदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम उत्पादनमूलक तालिम दिने गरी स्थानीयकरण गरिएको जानकारी दिए । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस