क्षणभरमै जलमग्न बन्यो बुटवलको अमरपथ क्षेत्र

सफल खबर संवाददाता

मंगलबार, २९ साउन २०८१, १६ : २७
क्षणभरमै जलमग्न बन्यो बुटवलको अमरपथ क्षेत्र

बुटवल। मंगलबार दिउँसोमा केहीबेरको वर्षाले बुटवल व्यापारिक केन्द्र अमरपथ क्षेत्र जलमग्न भएको छ । दिउँसो परेको केहीबेरको वर्षासँगै लक्ष्मीनगर क्षेत्रबाट आएको भल नालीमा नअटाएपछि अमरपथ, हाटबजार क्षेत्र जलमग्न भएको हो  ।

स्थानीयले नाली सफा गरेपछि भने लेदोको सतह केही घटे पनि आवतजावतमा भने समस्या भएको छ ।बुटवलमा केही समय पहिले पनि आएको पानीले पश्चिम नेपाल बस व्यवसायी प्रालि, रासस लगायतका कार्यालयमा क्षति गर्नुका साथै विभिन्न व्यवसायमा समेत लेदो पसेर लाखौंको क्षति भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस