बुटवलमा स्कुटर दुर्घटना, एक किशोरको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, २९ साउन २०८१, १५ : ३९
बुटवलमा स्कुटर दुर्घटना, एक किशोरको मृत्यु

बुटवल । बुटवल उपमहानगरपालिका-७ दिपनगरमा स्कुटर दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ । दिपनगरकाे कमलपोखरीबाट  हाटबजारतर्फ जाँदै गरेको लु.९४ प ४८०६ नम्बरको स्कुटर अनियन्त्रित भई पल्टिएर दुर्घटना हुँदा  गुल्मीकाे मदाने गाउँपालिका-६ घर भई हाल बुटवल उपमहानगरपालिका-१३ बेलबास बस्ने १९ वर्षीय शिशिर कुँवरको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय बुटवले दुर्घटनामा गम्भीर घाइते भएका कुँवरको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाएको छ ।घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।