काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भ्रष्टाचारसम्बन्धी मुद्दामा हदम्याद राख्ने विषयलाई नस्वीकार्ने निर्णय गरेको छ ।मंगलबार बसेको रास्वपा संसदीय दलको बैठकले भ्रष्टाचारसम्बन्धी कानूनमा हदम्याद राख्ने विषय स्वीकार्य नभएको निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।
‘भ्रष्टाचारसम्बन्धी कानूनमा हदम्याद राख्ने विषय स्वीकार्य छैन,’ परियारले भने, ‘रास्वपाले यसलाई स्वीकार्दैन ।भ्रष्टाचारको विषयमा सरकारले ल्याएको विधेयकमा ५ वर्षे हदम्याद प्रस्ताव गरेपछि रास्वपाले विरोध जनाएको हो ।
बैठकले कानून समितिबाट पास भएको टीआरसी विधेयकलाई संसद्बाट पनि सर्वसम्मत पारित गराउन लाग्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ साउन २०८१, १२ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दै
पोखरा विमानस्थल भ्रष्टाचार अनुसन्धान गर्न रास्वपाको माग
घण्टी बजाएर रास्वपाको ‘जनयात्रा’ शुभारम्भ
चितवनमा हुने जनयात्रामा शान्तिपूर्ण रुपमा सहभागी हुन रास्वपाको अपिल
चेतनाको थलो क्याम्पसमा दलका स्वार्थको ताण्डव नृत्य हुनु लज्जाजनक : डा. स्वर्णिम वाग्ले
टिपरका लागि छुट्टै लाइसेन्स व्यवस्था गरौँ : सांसद झा