कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै

सफल खबर संवाददाता

सोमबार, २८ साउन २०८१, १० : १५
कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सोमबार पनि बस्दैछ ।

बैठक बिहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । 

बैठकमा आज पनि प्रस्तुत भएका ११ वटा विभिन्न एजेन्डामाथि नेताहरूले आफ्नो धारणा राख्ने क्रम जारी रहनेछ ।

आज सबै नेताहरूको धारणा सुनिसकेपछि नेतृत्वले जवाफ दिने र आज नै बैठक सक्ने तयारी कांग्रेसको छ । 

प्रतिक्रिया दिनुहोस