ढाका । बंगलादेशको सर्वोच्च अदालतका नयाँ प्रधानन्यायाधीश सैयद रेफत अहमदले शपथ ग्रहण गरेका छन् । आइतबार बंगभवन दरबार हलमा अहमद र उनका दुई सल्लाहकारले शपथ लिएका हुन् ।
राष्ट्रपति मोहम्मद शहाबुद्दिनले नवनियुक्त प्रधानन्यायाधीश अहमदलाई पद तथा गोपनियताको शपथ गराए । त्यसपछि दुई सल्लाहकार सुप्रदीप चक्मा र डा.विधानरञ्जन रोयले पनि शपथ लिएका थिए ।
सय्यद रेफात अहमद सर्वाेच्च अदालतको उच्च अदालत डिभिजनका वरिष्ठ न्यायाधीश हुन् । बंगलादेशका प्रधानन्यायाधीश ओबेदुल हसनले शनिबार दिउँसो राजीनामा दिएपछि सोही रात सैयद रेफात अहमद प्रधानन्यायाधीश नियुक्त भएका थिए ।
यसैसाता बिहीबार अन्तरिम सरकारका १४ सल्लाहकारले पनि शपथ लिएका छन् । तर ढाकाबाहिर रहेकाले तीन जना सल्लाहकारले शपथ लिएका छैनन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ साउन २०८१, १६ : ३५
लेखकबाट थप