काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकास्थित एक धागो उद्योगमा आज अपराह्न लागेको आगो नियन्त्रणमा आएको छ ।
नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले राति पौने ८ बजेको समयमा आगलागी नियन्त्रणमा आएको र क्षतिको विवरण संकलन भइरहेको जानकारी दिए ।
ओखलढुङ्गा लिखु गाउँपालिका-४ घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका-२ सुन्दरीजलस्थित भूमिस्थली बस्ने बुद्धिबहादुर कार्कीको मनकामना धागो उद्योगमा आगलागी भएको थियो । विभिन्न क्षेत्रबाट पुगेका दमकलको सहयोगमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले आगो नियन्त्रणमा लिएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ साउन २०८१, २० : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालकुमारीमा आगो लाग्दा डान्सबारसहित ४ वटा पसल जले
धावनमार्गमै विमानमा आगो लागेपछि…
बाराका एक युवकले आफ्नै शरीरमा आगो लगाए
दाङमा गुडिरहेको ट्रकमा आगलागी, ट्रक जलेर नष्ट
दाङमा गुडिरहेको ट्रकमा एक्कासि लाग्यो आगो
श्रीमती र तीन छोरीसहित आफैँमाथि पेट्रोल छर्केर श्रीमानले लगाए आगो