काठमाडौँ । टीआरसी विधेयक आगामी संसद् बैठकमा पेस गर्न आग्रहसहित कानुन, न्याय तथा मानवअधिकार समितिले सभामुख देवराज घिमिरेलाई पत्राचार गरेको छ ।
उक्त समितिबाट बिहीबार बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी विधेयक)माथि दफावार छलफल भई पारित भएसँगै सभापति विमला सुवेदीले प्रतिनिधि सभाको आगामी बैठकमा पेस गर्न पत्राचार गरेकी हुन् ।
प्रतिनिधि सभाको २०८० साल वैशाख १५ गतेको बैठकबाट दफावार छलफलका लागि उक्त विधेयक समितिमा पठाइएको थियो । समितिमा विचाराधीन विधेयक शीर्ष तहमै भएको सहमतिअनुसार बिहीबारको बैठकबाट पास भएको हो ।प्रतिनिधि सभाको आगामी बैठक साउन २९ गते मंगलबार बस्ने भएकाे छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ साउन २०८१, १५ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टीआरसी विधेयक राष्ट्रिय सभाबाट बिहीबार पारित गर्ने तयारी
टीआरसी विधेयक राष्ट्रिय सभामा पेश
प्रतिनिधि सभाबाट पारित टीआरसी विधेयक राष्ट्रिय सभामा टेबल
यस्तो छ संसदमा टीआरसी विधेयकबारे देउवाले गरेको सम्बोधन (पूर्णपाठ)
संसद्बाट टीआरसी विधेयक पारित गर्ने तयारी
सर्वोच्च पुग्यो टीआरसी विधेयक विरुद्धको रिट