काठमाण्डौ। सरकारले काठमाण्डौ उपत्यकामा बिक्री हुने २० लिटरको जारको पानी र एक लिटर बोतलको पानीको अधिकतम खुद्रा मूल्य तोकेको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निकालेर २० लिटरको जारको पानीको ४७ रुपैयाँ र एक लिटर बोतलको पानीको १६ रुपैयाँ तोकेको जानकारी गराएको हो। तोकिएको मूल्यभन्दा बढी लिएको पाइएमा कानुनअनुसार कारबाही हुने विभागको सूचनामा उल्लेख छ । यस्तै विभागले विभिन्न पानी उत्पादकहरूले होटल, रेस्टुरेन्ट, व्यावसायिक सम्झौता गरी उही प्रकारका गुणस्तर, नापतौल, परिमाणको पानीमा फरक-फरक ‘एमआरपी’ अर्थात् अधिकतम खुद्रा मूल्य लगाई बजारमा पठाउने गरेको पाइएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ साउन २०८१, १६ : २७
लेखकबाट थप