मन्त्रिपरिषदमा वरीयता हेरफेर, पर्यटन मन्त्री पाण्डे बढुवा

सफल खबर संवाददाता

विहीबार, २४ साउन २०८१, १३ : २४
मन्त्रिपरिषदमा वरीयता हेरफेर, पर्यटन मन्त्री पाण्डे बढुवा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले केपी ओली नेतृत्वको मौजुदा मन्त्रिपरिषद्‍मा वरीयता हेरफेर गरेका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा बिहीबार राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्‍मा वरीयता हेरफेर गरेका हुन् ।

वरीयता हेरफेरअनुसार पर्यटनमन्त्री बद्री पाण्डे बढुवा भएका छन् भने स्वास्थ्यमन्त्री प्रदीप पौडेल घटुवा भएका छन्  । १६ औं स्थानमा रहेका मन्त्री पाण्डे १४ नम्बरमा बढुवा भएका छन् ।पाण्डेको ठाउँमा पौडेल पुगेका छन् ।  मन्त्री पाण्डे हाल कांग्रेसका सहमहामन्त्री रहेका छन् ।

राष्ट्रपति पौडेलले संविधानको धारा (७६)को उपधारा (९) बमोजिम गत असार ३१ गते गठित मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस