‘नाच्ने हो हिल भाँच्ने गरी’ बोलको तीज गीत सार्वजनिक

सफल खबर संवाददाता

विहीबार, २४ साउन २०८१, १० : ३१
‘नाच्ने हो हिल भाँच्ने गरी’ बोलको तीज गीत सार्वजनिक

काठमाडौ । नाच्ने हो हिल भाँच्ने गरी’ बोलको तीज गीत सार्वजनिक भएको छ। सार्वजनिक गीतको भिडिओमा अभिनेत्री शर्मिला मल्लसहित मोडलद्वय अन्जली अधिकारी र एलिशा शर्मा फिचर्ड छन्।

गीतकार डीपी खनालको शब्दरचना रहेको गीतमा शंकर थापाको म्युजिक निर्देशन र गायिका निता आचार्यको स्वर सुन्न सकिन्छ।

मौलिक तीज गीतमा गत वर्ष तीज पर्व मनाउन नपाएकोले यसपाली सबै मिलि तीजलाइ रमाइलो गरी मनाउ भन्ने भाव प्रस्तुत गरिएको छ।

केशवराज भट्टको कोरियोग्राफी र निर्देशनमा बनेको गीतको भिडियोमा नवराज उप्रेतीको सिनेमाटोग्राफी र मिलन विश्वकर्माको सम्पादन रहेको छ।

विषम आचार्यको संगीत संयोजन रहेको यस गीतको भिडिओलाइ निता आचार्यको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। 

प्रतिक्रिया दिनुहोस