काठमाडौंँ । गायिका रचना रिमालको स्वर रहेको गीत ‘मायाले रुवायो’ सार्वजनिक भएको छ । साहित्यकार मातृका भण्डारी ‘मुना’ को शब्द, गायक संगीतकार चिरन्जीवी भण्डारीको संगीत रहेको गीतमा आशिष लामाको संगीत संयोजन छ ।
प्रेम वियोगका शब्दले भरिएको गीतमा गायिका रिमाल र गीतकार भण्डारीको अभिनय छ । मरुभूमि नारायणले छायांकन गरेको भिडियो बिष्णु खड्काले सम्पादन गरेका हुन्। भिडियोमा निरेन श्रेष्ठको निर्देशन छ । भिडियो दर्शित म्यूजिक एन्ड मिडिया प्रालिले बजारमा ल्याएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ माघ २०८१, १५ : ०७
लेखकबाट थप