मकवानपुर । पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलामा ढुङ्गासहितको पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको हो ।
बुधबार बिहान ७ः४० बजेको समयमा पहिरो खस्दा सो सडकहरू दुई तर्फी नै अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
सडक खुलाउनका लागि प्रहरी निरीक्षकसहितको टोली पहिरो खसेको ठाउँमा पठाइएको र करिब १ घण्टा लाग्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ साउन २०८१, ०८ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुख कटान नहुँदा मदन भण्डारी राजमार्ग निर्माण प्रभावित
उत्तर–दक्षिण कोशी राजमार्ग खुल्यो
पहिरोले अवरुद्ध अरनिको राजमार्ग एकतर्फी सञ्चालन
पहिरो खसेपछि फेरि रोकियो मेची राजमार्गको मर्मतसम्भार
अझै अवरुद्ध यी मुख्य राजमार्ग (सूचीसहित)
पहिरोले कर्णाली राजमार्ग अवरुद्ध