सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहित २६ जनासँग बयान लिने संसदीय समितिको तयारी

सफल खबर संवाददाता

मंगलबार, २२ साउन २०८१, १६ : ०५
सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहित २६ जनासँग बयान लिने संसदीय समितिको तयारी

काठमाडौँ । सहकारी ठगीसम्बन्धी छानबिन गर्न बनेको संसदीय विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित २६ जनासँग बयान लिने भएको छ ।

मङ्गलबार समितिको कार्य प्रगति सुनाउँदै समिति सभापति सूर्य थापाले २६ जनासँग सोधपुछ गर्ने निर्णय भएको बताए ।‘सोधपुछका क्रममा सोध्ने प्रश्न तयार पारिएको छ’, उनले भने ।सूचीमा रहेका २६ जनामध्ये केही विदेश छन् भने केही जेलमा छन् । थापाले उनीहरू सबैको नाम  सार्वजनिक गर्न चाहेनन् ।

तथ्यमा केन्द्रित रहेर सोधपुछ गरिने भन्दै थापाले तर मुख्य मानिस बाहिर हुँदा सत्य तथ्य पहिचानमा केही चुनौती हुने बताए ।सहकारी ठगी प्रकरणमा तत्कालीन गृहमन्त्री लामिछाने संलग्न रहेको भन्दै नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरेपछि उक्त समिति गठन भएको थियो ।

प्रतिक्रिया दिनुहोस